प्रधानमन्त्री ओलीको अर्धमहाकुम्भ मेला उद्घाटन कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सुनसरीको चतरामा आयोजना हुन लागेको अर्धमहाकुम्भ मेलाको उद्घाटनमा उपस्थित नहसने भएका छन् । शनिबारदेखि शुरु हुने उक्त महाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए पनि अन्तिममा आएर कार्यक्रम स्थगित गरिएको हो ।

प्रतिकुल मौसमका कारण आफूले कार्यक्रम स्थगित गर्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लिखित सम्बोधन पठाएका छन् । 

प्रधानमन्त्रीसँगै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले पनि चतरा जाने कार्यक्रम स्थगन गरेका छन् । 

दुवैजना कार्यक्रममा सहभागी नहुने भएपछि आयोजकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गराउने तयारी गरेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?