फुटबलमा रेखाको छलाङ(भिडियो सहित)

काठमाडौं । रेखाले सानोमा भाँडाकुटी खेलिनन् फुटबल खेलिन् ।

आफ्ना उमेरका साथीहरुले गुडियाको जामा फेरिदिरहँदा उनले आफ्नो नाम अङकित जर्सी पहिरिन् । आमाको आँचल पक्डिदै उनी बजार बजार दौडिनन्, प्रतिस्पर्धीसँग भिड्दै मैदानमा दौडिइन् । त्यसैले जबजब रेखा आफ्नो बाल्यकाललाई फर्केर हेर्छिन् उनी आफूलाई फुटबल नै खेलिरहेको पाउँछिन् ।

फुटबल रेखाका लागि नशा हो जसको बानी कहिलेदेखि लाग्यो भन्ने यकिन छैन उनलाई तर, मृत्युपर्यन्त रहन्छ भन्ने कुरामा उनी ढुक्क छिन् ।

रेखा पौडेल, यू-१९ राष्ट्रिय महिला फुटबल टिमकी शसक्त खेलाडी हुनु । हालै विराटनरमा सम्पन्न दक्षिण एशियाली महिला ‘साफ’ च्याम्पियनसिपमा उनले नेपालको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्यु गरेकी हुन् । यसअघि पनि उनले देशलाई प्रतिनिधित्व गर्दै (यू १४, यू १८, यू १९) खेल खेलिसकेकी छिन् । उनकै उमेरका किशोरकिशोरीहरु मोबाइल र ट्याबमा औंला डुलाइरहँदा उनका गोडा कैयौं राष्ट्रका फुटबल मैदानमा डुलिसकेका छन् । तर, थाकेका छैनन् ।

जीवनको १९ बसन्त पार नगर्दै उनको जीवनमा सफलताका कैयन् फूलहरु फूलिसकेका छन् । यिनै फूलहरुको बगैंचा बनाउने सपना छ रेखाको । आफ्ना लागि । देशका लागि । र विशेषतः आफ्नी आमाका लागि जसले रेखाको सपनालाई सबैभन्दा बढी बुझेकी थिइन् तर, त्यो सपना फक्रिएको हेर्नलाई अफसोच उनी यस संसारमा छैनन् । रेखा १० कक्षामा हुँदै उनकी  आमाको निधन भयो ।

‘रङ्ग उडेको श्यामश्वेत जीवन लिएर कहिलेसम्म बाँच्ने ? आफ्नो मनलाई आफैले सम्झाइन् एकदिन । विस्तारै समय र फुटबल यिनै दुई तत्वले रेखाको जीवनमा रङ्गहरु फर्काइदिए । खुसीका फूलहरु फूलाइदिए ।

संसारमा यदि रेखा कसैको सबैभन्दा करिब थिइन् भने त्यो उनकी आमा नै थिइन् । आफूसँग पैसा नहुँदा अरुसँगै मागेर, ऋण गरेर भएपनि रेखालाई फुटबल प्रतियोगितामा पठाउँथिन् । तर, उनको निधन भएको दिन रेखा टुहुरी भइन् र टुहुरा भए रेखाले देखेका एक थान सपना ।

‘जबजब कुनै खुसीको पल हुन्छ आमालाई सम्झन्छु,’ हालै साफ च्याम्पियनसिपमा आफूले गोल गर्दाको क्षणलाई सम्झँदै उनी थप्छिन्, ‘त्यो मैदान, दर्शक, हुटिङ, आफ्नै साथीहरु रमाएको दृश्य देखिरहेको थिएँ तर मनमनै आमालाई सम्झिएँ ।’

‘रङ्ग उडेको श्यामश्वेत जीवन लिएर कहिलेसम्म बाँच्ने ? आफ्नो मनलाई आफैले सम्झाइन् एकदिन । विस्तारै समय र फुटबल यिनै दुई तत्वले रेखाको जीवनमा रङ्गहरु फर्काइदिए । खुसीका फूलहरु फूलाइदिए । आमा नहुँदाको खालीपन शायदै कहिले भरिएला तर, आफ्नो प्रगतिलाई आमाले कहीँ न कहीँबाट नियालिरहेको बताउँछिन् रेखा ।

‘जबजब कुनै खुसीको पल हुन्छ आमालाई सम्झन्छु,’ हालै साफ च्याम्पियनसिपमा आफूले गोल गर्दाको क्षणलाई सम्झँदै उनी थप्छिन्, ‘त्यो मैदान, दर्शक, हुटिङ, आफ्नै साथीहरु रमाएको दृश्य देखिरहेको थिएँ तर मनमनै आमालाई सम्झिएँ ।’

‘क्षमताले अवसरलाई तान्छ’

अवसर दिएन, अवसर पाइन केही गर्न नसक्नेहरुले बनाउने रेडिमेड बहाना हुन् यी । गर्न चाहेर पनि सफल हुन नसक्ने अपवादमा नभएका होइनन् । तर, यी दुई प्रवृत्तिका व्यक्तिहरुको तुलना गर्ने हो भने केही नगरी फल खोज्ने व्यक्तिकै संख्या बढी भएको पाइन्छ । यद्यपि रेखालाई लाग्छ ‘क्षमता भयो भने अवसरका ढोकाहरु विस्तारै खुल्दै जान्छन्’ । उनको जीवनमा भएको पनि यही हो ।

खोटाङको दिक्तेलमा वि.सं २०५७ सालमा जन्मिएकी रेखा अहिले ती डाँडाकाँडालाई छिचोल्दै देशविदेश घुमिसकेकी छिन् । जन्मस्थान दिक्तेल भएपनि उनले आफ्नो बाल्यकाल सुनसरीस्थित इटहरीमा बिताइन् । बाबा आर्मी भएकाले सरुवा हुने क्रममा आफूहरु दिक्तेलबाट इटहरी बसाइ सरेको उनले सुनाइन् । उनको खेलजीवन पनि इटहरीमै तिखारिएको हो । दाजुभाईहरु फुटबल खेल्दै गर्दा उनी पनि सँगसँगै किक हान्न पुग्थिन् ।

नले यू-१४, यू-१८ र यू-१९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरु खेलिन् । यही वर्ष भुटानमा आयोजित यू-१८ प्रतियोगितामा सर्वाधिक गोल गरेकी रेखाकै सक्रिय सहभागितामा नेपाल यू-१९ ओलम्पिक छनोटको पहिलो चरणमा छनोट भयो । 

‘हानेको मिलेन, यसरी खेल्ने होइन’ रेखाको खेल हेरेर यस्तै प्रतिक्रिया दिन्थे उनीहरु । तर, रेखालाई खेलको ‘टेक्निकालिटी’सँग भन्दा पनि खेल्नुसँग मतलब थियो । खेलेको हेरिन् । सिकिन् । खाली खुट्टा खेलिन् । नखेल् भन्दा खेलिन् । खेलिरहिन् ।

यही क्रममा विद्यालयबाट होस् या जिल्लाबाट विभिन्न प्रतियोगितामा रेखाको सहभागिता बढ्यो । देशव्यापी रुपमा भएको जिल्लाबीचको यू-१४ प्रतियोगितामा उनले सर्वाधिक गोल गरेर सबैको ध्यान आफूतर्फ तानिन् । नभन्दै उनलाई काठमाडौंमा बोलाइयो । तालिम दिइयो । सिलेक्सन भयो । उनी छानिइन् । त्यसपछि उनले यू-१४, यू-१८ र यू-१९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरु खेलिन् । यही वर्ष भुटानमा आयोजित यू-१८ प्रतियोगितामा सर्वाधिक गोल गरेकी रेखाकै सक्रिय सहभागितामा नेपाल यू-१९ ओलम्पिक छनोटको पहिलो चरणमा छनोट भयो ।

रेखाको खेलयात्रालाई नजिकबाट नियाल्दा उनले ‘क्षमताले अवसरलाई तान्छ’ भन्नु गलत होइन जस्तै लाग्छ ।

‘यो साफ जितेनौं अर्को जित्छौं’

यो वर्षले रेखाका लागि मिश्रित अनुभव बोेकेर आएको छ । राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप खेल्ने अवसर पाउनुलाई उनी आफ्नो ‘गुड लक’ भन्छिन् भने त्यो अवसरलाई सदुपयोग गरेर विजयी हुन नसक्नुलाई ‘ब्याडलक’ ।

‘राष्ट्रिय टिमकै सपना थियो यसपालिको साफ च्याम्पियनसिप जित्ने,’ मलिन आवाजमा उनले भनिन्, ‘हामीले सारा नेपालीको आशा पूरा गर्न सकेनौं ।’ यद्यपि, अर्कोपालिको साफ च्याम्पियनसिप जितेरै छाड्ने दृढ अठोट लिएको बताउँछिन् रेखा । ‘जबसम्म जित्दैनौं तबसम्म रोकिन्नौं,’ मुस्कुराउँदै उनले भनिन् ।

अहिले राष्ट्रिय महिला फुटबल टोलीले म्यानमारमा ओलम्पिक छनोटको दोस्रो चरणको खेल खेलिरहेको छ । त्यहाँबाट फर्किएपछि रेखालाई यू-१९ ओलम्पिक छनोटको दोस्रो चरणको खेल खेल्न जानु छ । त्यसका लागि तयारी गर्नु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?