फिल्मको प्रचारका लागि सलिनमान पुगे वृद्धाश्रम, बाँडे उपहार

काठमाडौं । सलिनमान बानिया आफ्नो दोस्रो फिल्म ‘यात्रा’ को प्रचार गर्ने क्रममा वृद्धाआश्रम पुगेका छन् । प्रचारप्रसारमा भ्याइनभ्याइ भइरहेको वेला ‘यात्रा’को टिमलाई लिएर सलिनमान शुक्रवार उपहार सहित वृद्धाआश्रम पुगेका हुन् । 

लप्सीफेदीमा अवस्थित जेपी प्रतिष्ठान मैत्री सेवा आश्रममा ४ दिनसम्म फिल्मको छायांकन समेत भएको थियो ।

‘यात्रा’ यही चैत २९ मा प्रदर्शन हुँदैछ । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको अभिनय छ । त्यस्तै यस फिल्मबाट मलिका महतले डेब्यू गरेकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?