टिम ‘दाल भात तरकारी’को १० दिने टुर, इटहरीदेखि पोखरासम्म

काठमाडौं । टिम दाल भात तरकारी यतिवेला मोफसल टुरको तयारीमा जुटेको छ । 

मह संचारको ब्यानरमा निर्मित उक्त चलचित्रको प्रदर्शन मिति नजिकिदै जाँदा प्रचारप्रसारका लागि फिल्म युनिटले ‘दाल भात तरकारी यात्रा’ नामक मोफसल टुर गर्ने भएको हो । चैत २५ गते विर्तामोडदेखि शुरु हुने सो यात्रा वैशाख ४ गते पोखरामा गएर टुङ्गिने युनिटले जनाएको छ ।

टुरमा हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, आँचल शर्मा, पुष्प खड्का, गायिका जुनु रिजाललगायतको सहभागिता रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?