सर्वसाधारणको सवारी सेवा सहजकालागि  महानगरपालिको यस्तो निर्णय

काठमाडौं । सार्वजनिक सवारी सेवा बिहान ५ बजेदेखि राती १० बजेसम्म सञ्चालन गर्ने काठमाडौं नगरपालिकाले निर्णय गरेको छ ।

सहरी यातायात सेवामा सर्वसाधारणको सहज र सुविधाजनक पहुँच सुनिश्ति गर्न यस्तो व्यवस्था गरिएको हो ।

महानगरपालिकाका अनुसार नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७५’ अनुसार यो व्यवस्था गरिएको हो ।

महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारीले कार्तिक देखि माघ मसान्त सम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म र बाँकी महिना बिहान ५ बजेदेखि राति १० बजेसम्म बस सेवा

सञ्चालनमा ल्याउने निर्णय भएको महानगरको श्रोतले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?