सुनचाँदीको भाउ बढ्यो आज कति पुग्यो ?

काठमाडौं । मंगलवार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ ३ सय र चाँदीको भाउ १० ले बढेको हो । 

महासंघका अनुसार मंगलवार छापावाल सुन तोलमा ६० हजार ३ सयमा कारोबार भइरहेको छ । सोमवार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा ७ सय ४० मा कारोबार भएको छ । सोमवार चाँदी तोलमा ७ सय ३० मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?