प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधवार) सुदूरपश्चिम प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरुसँग छलफल गर्दै छन् । 

सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रधानमन्त्री ओलीले नेकपा सांसदसँग छलफल गर्न लागेका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे हुने छलफलमा सुदूरपश्चिम प्रदेशबाट नेकपाको प्रतिनिधित्व गर्ने राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई बोलाइएको छ । 

साथै छलफलका क्रममा सांसदहरुको सुझाव पनि गरिने प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?