तारागाउँ छानबिन प्रकरणमा ठूलो दबाब आएको थियोः संयोजक सापकोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा आफूलाई ठूलो दबाब आए पनि प्रभावमा नपरी प्रतिवेदन तयार पारेको स्पष्ट पारेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना कार्यक्रममा बोल्दै देशमा बहुआयामिक भ्रष्टाचार व्याप्त रहेको छ भन्ने कुरा उजागर भएको र एकपछि अर्को गरेर भ्रष्टाचार र अनियमितताका कुरा बाहिर आएका उनको भनाई छ । 

उनले प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएको कुरा बाहिर आउनु लज्जाको विषय भएको टिप्पणी गरेका छन् ।  

भ्रष्टाचारको नियन्त्रण गर्नुपर्ने बताउँदै उनले राष्ट्रको सम्पत्ति हिनामिना गर्नेलाई कठघरामा ल्याउनुपर्ने धारणा राखे । 

यद्यपि उनले छानबिनको क्रममा सम्बन्धित सरकारी निकायबाट नै सहयोग नपाएको गुनासो गरे । उनले भने , ‘हाम्रो विज्ञ पनि भएनन् । छानबिनको क्रममा हामीलाई विज्ञको अभाव भयो ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?