दुबइमा धुर्मुस सुन्तली साँझको आयोजना

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले दुबइमा धुर्मुस सुन्तली साँझ आयोजना गर्ने भएको छ ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबइमा धुर्मुस सुन्तली साँझ आयोजना गर्न लागिएको हो । 

दुबइमा रहेको सम्पूर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यही अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल९धुर्मुस० ले जानकारी दिएका छन् । 

ग्राण्ड एक्सेलसियर होटल, बर दुबइमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिति रहने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?