थप ४ दिन सार्वजनिक बिदा

काठमाडौं । प्रदेश पात्रो स्वीकृत गर्दै  प्रदेश–१ सरकारले चार दिन थप सार्वजनिक बिदा दिने भएको छ । 

प्रदेश सरकारले जनै पूणिर्मा, उधौली पर्व, मुस्लिमहरुको पर्व इदुल फितर र छठ पूर्वमा सार्वजनिक बिदा दिने भएको हो । 

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले गरेको निर्णयको जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सो कुराको जानकारी दिएका हुन् ।

बैठकले प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेस गरेको प्रदेश पात्रो स्वीकृत गर्दै बृहत्त विराट विकास क्षेत्र सम्बन्धकमा व्यवस्था गर्न बनेको विधेयक २०७५ संसदमा पेस गर्न स्वीकृति पनि प्रदान गरेको छ । 

साथै बैठकले प्रदेश सरकारको राजपत्र प्रकाशन गर्ने निर्णय पनि गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?