विप्लवमाथि लगाइएको प्रतिबन्ध हटाउन प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र

काठमाडौं । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी—लेनिनवादी) ले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि केपी ओली सरकारले लगाएको प्रतिवन्ध हटाउनका लागि अनुरोध गर्दै पत्र पठाएको छ । 

अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) का अध्यक्ष निक जीले ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, ‘हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिवन्धलाई हटाइयोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?