राजपाले आज महाधिवेशनको मिति तय गर्दै

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज केन्द्रीय महाधिवेशनको मिति तय गर्ने भएको छ । 

काठमाडौंको बबरमहलस्थित पार्टी मुख्यालयमा बिहीवार बिहान ११ बजे बस्ने बैठकले महानिवेशनको मिति तय गर्ने महासचिव केशव झाले जानकारी दिएका हुन् ।

तीन दिनदेखि जारी बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने उनले बताए । 

मधेश केन्द्रीत विभिन्न ६ वटा दलबीच एकता भएको दुई वर्ष पुग्न लाग्दा समेत महाधिवेशन गर्न नसकेको सो पार्टीले एक महिनाभित्रै गर्ने गरी मिति तय गर्न लागेको हो ।

यसैगरी हिजो बसेको अध्यक्ष मण्डलको बैठकले विभिन्न ९ बुँदे माग अघि सार्दै सडकबाटै आन्दोलन गर्ने घोषणा गरेको छ । 

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधनको माग अगाडि बढाउनु पर्ने, झुटा मुद्दा फिर्ता लिनुपर्ने, रेशम चौधरीको रिहाई लगायत ९ बुँदे माग अघि सारेको छ । 

राजपाले विरोध स्वरुप भोलि (शुक्रवार) सबै जिल्लामा र्याली र प्रदर्शन गर्ने र आगामी वैशाख ५ गते आन्दोलनको तयारी स्वरुप सर्वपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको महासचिव झाले जानकारी दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?