विप्लव समूहका मकवानपुर इन्चार्ज ज्वाला पक्राउ

हेटौंडा । प्रतिबन्ध नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपा समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला) पक्राउ परेका छन् । उनीसँगै अर्का एक जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । 
हेटौडा उपमहानगरपालिका ८ फायरलाईनबाट बिहीवार पक्राउ गरेको हो । 

प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका घलानसहित अर्का एकजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले भने घलान पक्राउबारे औपचारिक रुपमा सार्वजनिक गरेको छैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?