नयाँ वर्षमा नेपाल टेलिकमको नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष अफर २०७६ ल्याएको छ । अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । 

उक्त प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने जानकारी दिएको छ । 

प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ वैशाख २ गतेसम्म खरिद गर्न सकिने छ । प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415#  मा डायल गर्नुपर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?