सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अत्तालिए : सञ्चारमन्त्री बास्कोटा

लहान । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारको काम देखेर केही शक्तिहरु आतिएको बताएका छन् । 

‘सङ्घीयता कार्यान्वयन र कानून निर्माणमा वर्तमान सरकार सफल भएको छ, मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अहिले अत्तालिएको छ, बताउँदै उनले भने, ती शक्तिलाई एक त हाम्रो दुईतिहाइ भएको पचेको छैन भने अर्कोतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन, त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन् ।’

शनिवार लहानमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

साथै मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको बताउँदै सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले जग बलियो भएपछि माथि जस्ता (छानो) हाल्ने काम हुन्छ । 

‘कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको काम तीव्ररूपमा सरकारले अघि बढाएकाले अबको पाँच वर्षभित्र मुलुकमा ठूलो आर्थिक रुपान्तरण हुन्छ’ उनले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?