१०० हिरोज अफ मधेशबाट श्रीवास्तव सम्मानित

काठमाडौं । आर.ए.बि.एस इन्टरनेश्नलका निर्देशक रोशन श्रीवास्तव १०० हिरोज अफ मधेशबाट सम्मानित भएका छन् ।

शुक्रवार आयोजित कार्यक्रमा बीच श्रीवास्तवलाई १०० हिरोज अफ मधेशबाट सम्मानित गरिएको हो ।

सफल युवा उद्यमी समेत रहेका श्रीवास्तवलाई भारतीय कांग्रेस आइको भातृ संगठन दलीत जनजाती महासंघका अध्यक्ष राहुल योगी, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नवलपरासीका प्रतिनिधि सभा सांसद हृदयस त्रिपाठी, प्रदेश न २ का मन्त्री राम नरेश राय, रतिश चन्द्र लाल, अमरेस नारायण सिंह लगायतको उपस्थितिमा सम्मानित गरिएको थियो ।

महानगरपालिकाको ‘लाईट सिटी’ अभियानमा महत्वपूर्ण भुमिका खेलेको, राज्यको राजश्व तथा रोयल्टी संकलनमा सहयोग गरेको, मधेशमा सामाजिक अभियान चलाएको श्रीवास्तव सामाजिक कार्यमा समेत सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?