विमान दुर्घटना अपडेट : थप एकको मृत्यु

काठमाडौं । लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी  मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ ।

मृत्यु हुनेमा अर्का असई रुद्रबहादुर श्रेष्ठ छन् । यो सँगै मृत्यु हुनेको संख्या ३ पुगेको हो ।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतवार बिहान विमानस्थलमा समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरसँग ठोकिँदा दुर्घटना भएको थियो । 

समिट एयरका कोपाइटल सुदिप ढंगाना र प्रहरीका असई रामबहादुर खड्काको मृत्यु घटनास्थलमै भएको थियो । 

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?