आन्दोलनरत सरकारी चिकित्सक काममा फर्किए

काठमाडौं । आन्दोलनरत सरकारी चिकित्सक आज (आइतवार)देखि काममा फर्किका छन् । 

सरकारले आन्दोलनरत सरकारी चिकित्सकको माग सम्बोधन गर्ने सरकारी आश्वासनपछि चिकित्सकहरु आजदेखि नियमित काममा फर्केका हुन् । 

चैत २२ गतेदेखि सरकारी चिकित्सकले कर्मचारी समायोजनमा चिकित्सकलाई संघ अन्तर्गत  राख्नु पर्ने माग राख्दै आन्दोलित भएका थिए । उनीहरुले ९ दिन देशभरको ओपीडी सेवा बहिष्कार गरेका थिए । 

उता सरकारले माग सम्बोधनका लागि १५ दिनको समय माग गरेको थियो । सरकारले १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु नियमित काममा फर्केका हुन् । 

सरकारले तोकेको समयमा आफ्नो मागको सुनुवाइ भएन भने पुनः आन्दोलनमा उत्रिने नेपाल चिकित्सक संघकोक तयारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?