कामको सिन्को नभाँच्ने प्रवृत्ति सरकारमा देखियो : सभापति देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेको कामको आलोचना गरेका छन् । 

आइतवार कैलालीको धनगढीमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् । 

उनले भने, ‘देशमा हत्या, हिंसा, बलात्कार, महंगी, कर सबै बढेको छ, सरकारले कुनै क्षेत्रमा राम्रो काम गर्न नसकेको छैन, निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई बचाउने समेत काम गरेको छ ।’ 

अहिले महंगी बढ्नुका साथै जताततै कर तिर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘यसले नागरिक आक्रान्त भएका छन् ।’

‘महंगी बढेको छ, जहाँ पनि ट्याक्स नै ट्याक्स लगाएको छ’ उनले भने ‘शिक्षामा पनि हस्तक्षेप गरेको छ’ उनले भने । 

साथै उनले गफ मात्रै गर्ने तर, कामको सिन्को नभाँच्ने प्रवृत्ति सरकारमा देखिएको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?