प्रधानमन्त्री ओलीले भने, ‘वृद्धभत्ता बढ्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धाभत्ता बढ्ने बताएका छन् । 

प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा वृद्धभत्ता बढ्ने बताएका हुन् ।

‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने ।

साथै वृद्धि भत्ता बढ्ने कुरा सबैलाई थाहा भएको उनको दाबी छ । 

‘बाआमाहरुले मरिन्छ कि भन्ने कुरा गर्नुभयो’ उनले भने वृद्धभत्ता बढ्दैछ ।

‘बिरामी अपवादमा मात्र हुन सक्छन्, कुपोषणका कारण विरामी, अभावका कारणले विरामी, जानकारीका अभावका कारणले विरामी, रोग लाग्ने वातावरणको सुरक्षाको अभावले विरामी, यस्ता अनेक कारणले हुने विरामी, शुद्ध र स्वस्थ खानेकुरा प्राप्त नगरेर विरामी अब हुँदैनन्’ प्रधानमन्त्री ओलीले भने । 

सरकारले आज नयाँ वर्षका अवसरमा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?