युनियन हाइड्रोपावरको शेयर धमाधम बिक्री, ४० हजार आवेदकले दिए आवेदन

काठमाडौँ। युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आइपिओ) ९० प्रतिशत बिक्री भएको छ। कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको ३४ लाख ६३ हजार कित्ता शेयरमा अहिलेसम्म ९० प्रतिशत बिक्री भएको हो ।

कुल निष्काशनको ९०.७५ प्रतिशत हुने गरी ४० हजार आवेदकले ३२ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन् । कम्पनीले ७० हजार ६ सय ६८ कित्ता कर्मचारीका लागि छुट्याएको छ जुन निष्काशनको दुई प्रतिशत हुन जान्छ ।  

बैंक तथा वित्तीय संस्था साथै अनलाइनबाटै पनि दिन सकिने उक्त शेयरको आवेदन वैशाख १२ सम्म खुल्ला रहनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?