लमजुङको दुधपोखरीमा जीप दुर्घटना, चार गम्भीर घाइते

काठमाडौं । लमजुङको दुधपोखरीमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । 

जिल्लाको दुर्गम दुधपोखरी गाउँपालिका ३ फुलिङगिरीमा जीप दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका हुन् । 

आइतवार मध्याह्न १२ बजे दूधपोखरीबाट बेंसीसहर आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप लाङदीखोला नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । 

दुर्घटनामा चालक दूधपोखरी गाउँपालिका ४ का खिमलाल गुरुङ, यात्रु गोरखा अजिरकोट गाउँपालिका २ का मोतिलाल गुरुङ, दूधपोखरी गाउँपालिका १ का गौमाया गुरुङ, वडा नं. २ सुजाता गुरुङ गम्भीर घाइते भएका छन् । घाइते अधिकांश टाउकोमा चोट लागेको छ ।

प्रहरीका अनुसार जीपको ब्रेक फेल भई सडकबाट करिब ३० मिटर तल खसेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?