एपीएफलाई पछि पार्दै आर्मी क्लबले जित्यो सर्वाधिक ६ स्वर्ण पदक

नेपालगंज । चैत २८ गतेदखि शुरु आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले क्लबले सर्वाधिक ६ स्वर्ण पदक जितेको छ । टिम च्याम्पियन बनेको आर्मीले ६ स्वर्णसहित ४ रजत र ५ कास्य गरी कुल १५ पदक जितेको हो  ।

आर्मी कलबलाई पछ्याउँदै एपीएफ क्लब दोस्रो हुन सफल भयो धने प्रदेश १ र ३ ले क्रमश तेस्रो र चौथो स्थानमा चित्त बुझाए । दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो भने तेस्रो भएको प्रदेश ३ ले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पार्न सफल भयो । त्यस्तै क्रमश चौथो, पाँचौं र छैटौं भएको प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कास्यमा आफ्नो चित्त बुझाउनुप-यो  ।

नेपालगन्ज रंगशालाको कभर्डहलमा आयोजित प्रतियोगतामा १२ स्पर्धामा १ सय २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?