चुनाव प्रचारमा खटिएका बलिउड नायकको हृदयघातका कारण मृत्यु

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को रामनाथपुरम लोकसभा सिटबाट उम्मेद्वार बनेका नयनार नागेन्द्रनका लागि चुनाव प्रचारप्रसारमा खटिएका भारतीय कलाकार जेके रितेशको हृदयघातका कारण मृत्यु भएको छ । 

४६ वर्षका रितेशलाई हृदयघातलगत्तै अस्पताल पुर्याइएपनि चिकित्सकले बचाउन सकेनन् । 

रितेश १५ औं लोकसभामा डिएमके पार्टीका सांसद पनि थिए । जेके रितेशलाई अन्तिमपटक फिल्म एलकेजीमा देखिएको थियो । उनको परिवारमा उनकी श्रीमती जोथीश्वरी र तीन सन्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?