आईसीसी यू–१९ : टस जितेर नेपाल फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 

आयोजक मलेसियाविरुद्ध बायोमास ओभलमा जारी खेलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुन लागेको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पहिलो ओभरमै विकेट गुमाएको छ ।

मलेसियाका अस्लम खान शुन्य रनमै आउट भएका हुन् । 

उनलाई कमलसिंह ऐरीले आफ्नो पहिलो ओभरको तेस्रो बलमा आउट गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?