आईसीसी यू–१९ : मलेसियाद्वारा नेपाललाई ९३ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटका तेस्रो खेलमा  मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको छ ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रन समेटियो । 

आयोजक मलेसियाविरुद्ध बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । 

नेपालका लागि कुशल मल्ल र पवन शर्राफले समान ३–३ विकेट लिए । कमल सिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए ।

दुई खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?