नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

काठमाडौं । । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटका तेस्रो खेलमा  नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । 

क्वालाम्पुरस्थित बायुमास ओभलमा सोमवार भएको खेलमा मलेसियाले नेपाललाई दिएको ९३ रनको विजयी लक्ष्य नेपालले १३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । 

यसअघि टु हारेर पहिलो क्याटिङ गरेको मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो । 

मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन बनाए भने कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए । 

नेपालका पवन सर्राफ र कुशल मल्ले ३–३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट लिए । 

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । 

सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?