काठमाडौं । विवेकशील झापा पार्टीले सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटर अगाडी प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिको नाममा नामसारी भएको घटनालाई लिएर विवेकशील साझाले विरोध प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिको नाममा नामसारी गर्न सहयोग गर्ने नेता, प्रशासन, व्यापारी र भूमाफियाको विरोधमा प्रदर्शन गरिएको विवेकशलि साझा पार्टीले जानकारी दिएको छ ।
प्रदर्शनका क्रममा ‘ठूला माछा कता छ? सिंहदरवार उता छ ।, बालुवाटार बेच्नेले सिंहदरवार पनि बेच्लान ! , भ्रष्ट नेता, भूमाफिया, भ्रष्ट व्यापारी भ्रष्ट प्रशासक, नेताको सम्पत्ति छानविन गर’ लगायतको नारा लेखिएको प्लेकार्ड बोलका थिए ।
विवेकशील साझा पार्टीले समाउ अभियान नाम दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया