तामिलनाडुवासीले देखिसहँदैनन् मोदीलाई : यी हुन् ७ कारण

एजेन्सी । करिब एक वर्षदेखि जबजब मोदी तामिलनाडु भ्रमणमा गए तब ‘गो ब्याक मोदी’ जस्ता ह्यासट्याग सोसल मिडियामा ट्रेन्डिङ भए । त्यही वेलादेखि प्रश्नहरु उठ्न थाले कि प्रधानमन्त्री मोदीलाई तामिलनाडुमा रुचाइँदैन ? र, यदि त्यसो हो भने किन ?

केही विश्लेषकहरु त यसो पनि भन्छन् कि नरेन्द्र मोदी तामिलनाडुमा जति अलोकप्रिय छन् त्यति अरु कुनै राज्यमा छैनन् शायद । 

स्थानीय पत्रकारले बताएअनुसार यस्ता ह्यासट्याग सर्वप्रथम २०१२ मा देखिएका थिए । त्यसवेला मोदी डिफेन्स एक्स्पोका लागि तामिलनाडु आएका थिए र विपक्षी दलले कावेरी जल प्रबंधन प्राधिकरणमा केन्द्रीय सरकारको विरुद्धमा विरोध जनाउँदै कालो झण्डा लहराएका थिए । त्यसपछिका मोदीका हरेक भ्रमणमा तामिलनाडुमा यस्तै विरोधहरु ट्रेन्डिङ भएको देखिएको छ । 

अमेरिकी बुद्धिजीवीहरुको संगठन ‘एट्लान्टिक काउन्सिल’को डिजिटल फोरेन्सिक ल्याबले निकालेको नतिजाअनुसार दुवै किसिमका ह्यासट्याग ट्रेन्डिङ बनाउनुमा फेक अकाउन्टहरुको प्रयोग गरिएको थियो ।

तामिलनाडुमा भाजपाको पकड त्यति मजबुत नभएपनि मोदीको विरुद्धमा त्यस्ता ह्यास्ट्याग फैलिएपछि उनका समर्थकहरुले पनि ‘तामिलनाडु वेल्कम्स मोदी’ भन्दै ह्यासट्याग फैलाए । 

अमेरिकी बुद्धिजीवीहरुको संगठन ‘एट्लान्टिक काउन्सिल’को डिजिटल फोरेन्सिक ल्याबले निकालेको नतिजाअनुसार दुवै किसिमका ह्यासट्याग ट्रेन्डिङ बनाउनुमा फेक अकाउन्टहरुको प्रयोग गरिएको थियो ।

विरोध किन ?

‘गो ब्याक मोदी’ जस्तो ह्यासट्याग फैलाउनेमा चेन्नईकी सोनिया अरुण कुमार मुख्य व्यक्ति हुन् । उनी भन्छिन्, ‘हामी उनलाई(मोदीलाई) यस्तो मन्त्रीका रुपमा हेर्छौं जो विदेश भ्रमणमा गइरहन्छन्, जसलाई राष्ट्रको असली समस्यासँग कुनै सरोकार छैन, जो गरिबको साथ छैनन् र हिन्दुत्वको गुट विस्तार गर्ने काममा आवद्ध छन् ।’ त्यस्तै सोनियाले नोटबन्दी, बिफ आदिको प्रतिबन्धका बारेमा पनि ट्वीटमार्फत् विरोध गर्छिन् ।

‘हाम्रो उद्देश्य भनेको जनताको, उत्तरभारतीयहरुको र अन्तर्राष्ट्रिय मिडियाको ध्यानाकर्षण गर्नु र जनतामाझ सत्यतथ्य पु-याउनु हो,’ उनी भन्छिन् ।

यस्ता ह्यासट्याग फैलाउने काममा डिएमका कार्यकर्ता, सोसल मिडिया एक्टिभिस्ट साथसाथै अन्य सर्वसाधारण पनि हुने गरेका छन् । 

क्रोधको कारण 

तामिलनाडु मोदीसँग असन्तुष्ट हुनुमा थुप्रै कारणहरु खुट्याइएका छन् । 

जब तामिलनाडुका किसानहरु दिल्लीमा प्रदर्शन गरिरहेका थिए तब उनीहरुसँग भेट्न मोदी नआउनु, तामिलनाडुमा हिन्दूत्वको सोच लाद्नु, गजा तूफानबाट प्रभावित सर्वसाधारणलाई समयमा क्षतिपूर्ति नदिनु, सयौं करोडको लगानीबाट बन्ने न्युट्रिजिनो प्रोजेक्ट स्थापना गर्नु जसले जैविक विविधतामा साथै मानिसको स्वास्थ्यमा पनि असर गर्ने केही स्थानीयको अनुमान छ । 

यता भाजपाका प्रवक्ता नारायणन तिरुपतिका अनुसार यस्ता आरोपहरु यसकारण पनि बाहिर आइरहेका छन् किनकी नोटबन्दीले तामिलनाडुका भ्रष्टाचारीहरुलाई आछुआछु बनाएको छ । किसानले दिल्लीमा गरेको विरोध प्रदर्शनको प्रसङ्गमा उनी सोध्छन्, सरकारले किसानको ऋण मिनाहा गरिदिने भनिसकेपछि दिल्लीमा गएर विरोध गर्नुको के आवश्यकता थियो ?’

तिरुपतिको आरोप छ कि तामिलनाडुवासीहरु सरकारलाई अस्थिर बनाउन चाहन्छन् । ‘म गर्वका साथ भन्न सक्छु कि म एक तामिलनाडु हुँ र एक सच्चा भारतीय नागरिक पनि ।’

नीट परीक्षा पनि एक कारण

असन्तुष्टिको अर्को मुख्य कारण हो मेडिकल कलेजका लागि हुने नीट परीक्षा अर्थात् नेशनल एलिजिबल कम इन्ट्रास टेस्ट ।

सन् २०१७ मा तामिलनाडुको अरियलूर नामक सानो गाउँकी अनिताको आत्महत्याले नीटलाई ठूलै मुद्दा बनाइदिएको थियो । १८ वर्षीय अनिताको सपना थियो सरकारी अस्पतालमा डाक्टर बनेर गरिबको सेवा गर्ने । ६,७ हजारको आवादी भएको उक्त गाउँमा १ जना पनि डाक्टर थिएनन् ।  

१२ कक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी गरिबकी छोरी अनिता दुर्भाग्यवश नीट परीक्षामा सफल हुन सकिनन् र उनले आत्महत्या गरिन् । तामिलनाडुमा त्यसअघि १२ कक्षाको परीक्षाफल अनुसार मेडिकल कलेजमा भर्ना लिइन्थ्यो तर, त्यसवेलादेखि नीट परीक्षा उत्तीर्ण गर्नुपर्ने नियम लागू गरियो ।

अनिताले जेजसो कक्षामा पढेकी थिइन्, नीटमा प्रश्न त्यस्तो आइदिएन…

नीट परीक्षा क्लियर गर्न नसकेका कारण अनिता डिप्रेसनमा गइसकेकी थिइन् किनकी उनको पढाइका लागि परिवारको थुप्रै खर्च गरिसकेको थियो । तर, उनले परिवारमा कसैलाई आफ्नो स्थितिको बारेमा नभनेको अनिताका पिता शणमूगमले सुनाए । 

अनिताले जेजसो कक्षामा पढेकी थिइन्, नीटमा प्रश्न त्यस्तो आइदिएन…

घटना भएको २ दिनअघि मात्रै शणमूगमले छोरीलाई कि त जनावरको डाक्टर बन्न कि नीट परीक्षाकै तयारीका लागि बाहिर जान समेत भनेका थिए तर, गरिब बुबामाथि बोझ बन्न चाहिनन् उनले । त्यसैले आत्महत्या गरिन् । 

‘केन्द्रमा कांग्रेसको सरकार भएको भए तामिलनाडुमा नीट लागू हुँदैन थियो,’ शणमूगम भन्छन्, ‘हामीले विरोध गर्दागर्दै पनि मोदीले नीट लागू गरे ।’

नीट परीक्षाको विरोध

लेखक तथा डाक्टर मारियानो एन्टो बु्रनो मेस्केरेनाजका अनुसार कोचिंग नलिइ नीट उत्तीर्ण गर्न निकै कठिन छ र राम्रो कोचिंग क्लासको खर्च २ देखि साढे २ लाखसम्म हुन आउँछ । यसका अतिरिक्त बस्ने, खाने, आउनेजाने खर्च छुट्टै । 

अनिताको यादमा चन्दा संकलन गरेर पुस्तकालय बनाइएको छ ।  

स्रोतका अनुसार अनिता आत्महत्या प्रकरण पछि नै तामिलनाडुवासीमा यस्तो सन्देश गयो कि मोदी सरकार तामिलनाडु विरोधी छ र जनता र राष्ट्रको चिन्ता गर्दैन ।   

राज्यको कतिपय ठाउँमा नीट परीक्षाको विरोध अझै पनि जारी नै छ । विपक्षी कांग्रेस र डिएमका नेताहरु नीटलाई अन्त्य गर्ने पक्षमा बोलिरहेका छन् । 

भाजपाका प्रवक्ता नारायणन तिरुपतिले मान्छेहरुको भावनासँग राजनीति गरेको आरोप लगाएका छन् । भन्छन्, ‘नीट सिस्टम कांग्रेसले ल्याएको थियो र सुप्रिम कोर्टले लागू गर्ने आदेश दिएको थियो । पूर्व मुख्यमन्त्री जयललिताको अनुरोधमा १ वर्ष नीटबाट छुट दिइएको थियो । अर्को वर्ष फेरि यो छुट दिन खोज्दा सुप्रिम कोर्टले आदेश दिएन ।’

यता नीट समर्थकहरुले भने अनिताको मृत्युको कारण नीट नभएको बताउँदै आएका छन् । उनीहरुका अनुसार नीट पनि युपीएससी, ज्वाइन्ट इन्ट्रान्स इक्जामिनेसन जस्तै सबैलाई समान मौका दिने सिस्टम हो र तामिलनाडुमा बाँकी राज्य भन्दा फरक व्यवस्था लागू गर्ने कुनै कारण नै छैन ।

भाजपाका प्रवक्ता नारायणन तिरुपतिले मान्छेहरुको भावनासँग राजनीति गरेको आरोप लगाएका छन् । भन्छन्, ‘नीट सिस्टम कांग्रेसले ल्याएको थियो र सुप्रिम कोर्टले लागू गर्ने आदेश दिएको थियो । पूर्व मुख्यमन्त्री जयललिताको अनुरोधमा १ वर्ष नीटबाट छुट दिइएको थियो । अर्को वर्ष फेरि यो छुट दिन खोज्दा सुप्रिम कोर्टले आदेश दिएन ।’

डाक्टर मेस्केरेनाजका अनुसार भने सुप्रिम कोर्टले गरेको उक्त निर्णय अन्तिरम थियो र मामिला अझै जारी छ । 

(बिबिसी हिन्दीबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?