प्रधानमन्त्री ओलीद्वारा समता स्कूललाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् । 

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा वर्ल्ड अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तातरण गरेका हुन् । 

प्रधानमन्त्री ओलीले भने, ‘१ सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई गुन लगायो ।’ 

“राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु” प्रधानमन्त्री ओलीले भने, “अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।” 

“सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ, यसका लागि तपाईंहरुलाई बधाइ छ ।” ” प्रधानमन्त्री ओलीले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?