पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं । पेट्रोलियम पदार्थको खानीको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने भएको छ । चिनियाँ टोली सन् २०१९ को मेमा नेपाल आउन लागेको हो ।  

चिनियाँ टोलीले दैलेखको पादुका क्षेत्रमा अध्ययन गर्नेछ । यसको साथै पाल्पा, दैलेख, सुर्खेत, उदयपुर, नेपालगञ्जलगायतका क्षेत्रमा अध्ययन गर्ने तयारी गरिएको छ । 

खानी तथा भूगर्भ विभागका अनुसार चिनियाँ टोलीले पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्नेछ ।

 विसं २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उक्त समझदारीमा हस्ताक्षर भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?