सातौं पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण, २५ फोटोमा बिस्केट जात्रा

भक्तपुर । वर्षैभरि विभिन्न जात्राको रमझममा रमाइरहने भक्तपुरलाई यतिवेला बिस्केट जात्राको उल्लासले ढपक्कै छोपेको छ । नौ दिन आठ रातसम्म चल्ने उक्त जात्रा चैत्र २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुन्छ भने वैशाख ५ गते गहिटी पुर्‍याएर सम्पन्न हुन्छ । त्यसैले नौ दिन ८ रातसम्म भक्तपुर थाक्दैन । झुमिरहन्छ । र यहाँ आउने सबैलाई आफ्नै तालमा झुमाइरहन्छ ।

भैरवको रथ तानातान गर्ने, धिमे बाजा, भुस्याबाजा, कायाँ बाजा लगायत विभिन्न मौलिक बाजा बजाउने, एकअर्कालाई सिन्दुर दल्ने, लिङ्ग उठाउने यस जात्राका मुख्य आकर्षण नै हुन् । यी सँगसँगै अर्को महत्वपूर्ण आकर्षण भनेको जिब्रो छेड्ने पनि हो । त्यसैले बिस्केट जात्रालाई ‘जिब्रो छेड्ने जात्रा’ का रुपमा पनि चिनिन्छ । 

हरेक वर्षझैं यस वर्ष पनि भक्तपुर थिमी बोडेमा जिब्रो छेडेर बिस्केट जात्रा मनाइएको छ । ४६ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले बोडे महालक्ष्मी मन्दिरको प्राङ्गणमा आज(सोमवार) ११ इन्च लामो फलामे सुइरोले जिब्रो छेडेका हुन् । आफ्नो संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले उनले यस अघि पनि ६ पटक जिब्रो छेडिसकेका छन् । यो उनको सातौं पटक हो । उनका दाजु कृष्णचन्द्र वागश्रेष्ठले २०६० सालसम्म १२ वर्ष लगातार यस परम्परालाई निरन्तरता दिएका थिए ।

भक्तपुर मात्र नभएर उपत्यका र वरिपरिका ठाउँका व्यक्ति र पर्यटकहरु समेत जात्रामा रमाउँदै सरिक हुन पुग्छन् । जसकारण हजारौं मानिसको भीड जम्मा भएको हुन्छ भक्तपुर दरवार स्क्वायर एरियामा ।

हेर्नुहोस् लोकपथको लेन्सबाट यस्तो देखियो यस वर्षको ‘जिब्रो छेड्ने जात्रा’ :

तस्वीर : कृष्ण थलङ्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?