राजपाद्वारा भैरहवामा प्रदर्शन

रुपन्देही । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल रुपन्देहीले भैरहवामा प्रदर्शन गरेको छ । 

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्न माग गर्दै राजपाले आज (सोमवार) भैरहवामा प्रदर्शन गरेको हो । रुपन्देहीको सिद्धार्थनगर नग

रपालिका वडा नम्बर ४ स्थित हनुमान मन्दिरबाट शुरू भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक, मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । 

प्रदर्शनकारीले रेशम चौधरीलगायत आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्ने, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता हुनुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महङ्गी, अन्त्य गर्नुपर्ने र सुलभ तरिकाले नागरिकता वितरण गर्नुपर्ने माग गरेका छन् ।

 कोणसभालाई सम्बोधन गर्दै राजपा नेतृ तथा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य कल्पना पाण्डेले जन्मसिद्ध नागरिकका सन्तानहरुको नागरिकता नहुँदा उनीहरू विभिन्न अवसरबाट वञ्चित भएकाले यथाशिघ्र नागरिकता वितरण कार्य शुरू गर्नुपर्ने बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?