भारतीय प्रहरीद्वारा एक किलोग्राम सुनसहित नेपाली पक्राउ, घटनाबारे नेपाली सुरक्षा अनविज्ञ

लुम्बिनी । भारतीय प्रहरीले एक किलोग्राम सुनसहित एक जना नेपालीलाई पक्राउ गरेको छ । 

नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा सीमावर्ती भारतीय प्रहरीले उक्त सुन बरामद गरेको हो ।

भारतीय सीमा सुरक्षा बलले आइतवार डण्डा हेडको बाटो हुँदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको एसएसबीका निरीक्षक विकास रायले बताए । 

सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको छ । 
उक्त घटनाबारे सीमावर्ती नेपाली सुरक्षा अधिकारी भने अनविज्ञ छ ।

 सीमावर्ती जिल्ला रुपन्देहीका प्रहरी नायव उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?