प्रदेश ३ स्तरीय सुरक्षा बैठक हेटौँडामा शुरु

हेटौंडा । प्रदेश ३ स्तरीय सुरक्षा बैठक हेटौँडामा आज (मंगलवार)देखि शुरु भएको छ । 

बैठकमा प्रदेशको सुरक्षा अवस्था र चुनौतीका बारेमा सात वटा महत्वपूर्ण प्रस्तुति हुने छ । 

हेटौँडामा दुईदिन चल्ने सो बैठकको उद्घाटन गृहमन्त्री रामबहादुर थापा ‘बादल’भने भोलि (बुधवार) मात्रै गर्ने छन् । 

बैठकमा गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार प्रा. डा. इन्द्रजित राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खानाल, सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसंधानका निर्देशक गणेश अधिकारी, मध्यपृतना हेडक्वार्टर हेटौंडाका पृतनापति उपरथी सुबर्णबहादुर शाह, गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुबेदी, राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका सहसचिव इन्दु घिमिरे लगायतका अधिकारीहरु सहभागी छन् ।

बैठकको व्यवस्थापनको जिम्मेवारी प्रदेश प्रहरीलाई दिइएको छ भने प्रदेश ३ का १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपथ, ससस्त्र, अनुसंधान र नेपाली सेनाका प्रमुखको सहभागिता रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?