एकदिवसीय क्रिकेटको वरियतामा नेपाल एक स्थानमाथि उक्लियो

काठमाडौं । नेपाल अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आइसीसी’को एकदिवसीय क्रिकेट वरीयतामा एक स्थानमाथि उक्लिएको छ । 

नेपाल ‘आइसीसी’ सार्वजनिक गरेको नयाँ वरियता सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो । नयाँ वरियता अनुसार नेपाल १५ औँ स्थानबाट १४ औँ स्थानमा उक्लिएको हो । त्यस्तै टी-ट्वान्टी वरियतामा पनि नेपाल १४ औँ स्थानमा नै रहेको छ । 

गत माघमा संयुक्त अरब इमिरेट्स ‘युएई’ विरुद्धको तीन एकदिवसीय सिरिजमा २-१ ले आफ्नो पक्षमा पारेसँगै नेपाल आइसीसीको वरियतामा परेको थियो । १ सय ५२ अंक पाएको नेपालले युएई र नेदरल्याण्डलाई उछिन्दै १४ औा स्थानमा उक्लिएको हो । 
 
एकदिवसीय वरियतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?