बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

एजेन्सी । स्पेनी क्लब बार्सिलोना जारी ‘युइएफए’ च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मंगलवार राति सम्पन्न भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा बार्सिलोनाले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित ग-र्यो । बार्सिलोनाले समग्रमा ४-० गोलको नतिजा निकाल्दै अन्तिम चारको स्थान तय गरेको हो ।

खेल शुरु भएको १६ मिनेट पनि बित्न नपाउँदै बार्सिलोनाका लागि लियोनेल मेस्सीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै २० औँ मिनेटमा मेस्सीले पुनः दोस्रो गोल गरे । एक पक्षिय रहेको खेलको पहिलो हाफसम्म बार्सिलोनाले २-० गोलको अग्रता लिएको थियो ।

खेलको ६१ औँ मिनेटमा बार्सिलोनाका लागि फिलीप कौटिन्होले गोल गरे । निर्धारित समयसम्म म्यान्चेस्टर युनाइटेडले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा ३-० को हार बेहो-र्यो ।

यसअघि भएको क्वाटरफाइनलको पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाइटेड बार्सिलोनासँग १-० गोल अन्तरले पराजित भएको थियो । अब फाइनल प्रवेशको लागि बार्सिलोनाले लिभरपुल र पोर्टोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?