पोखराबाट प्रकाशित पत्रिकाको सम्पादकीयमा कालो पोतीयो, एफएममा ९० सेकेन्ड प्रशासन बन्द!

पोखरा । पोखराबाट प्रकाशन हुने अधिकांश पत्रिकाको सम्पादकीयमा कालो पोतीएको छ ।  

पत्रिकाको सम्पादकीयमा कालो पोतेर ‘पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर’ लेखिएको हो । 

गत सोमवार ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पदक अर्जुन गिरी पक्राउको विरोध गर्दै पोखराबाट प्रकाशित भएका पत्रिकामा कालो पोतेर विरोध गरेको हो । 

साथै पत्रकार महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने पत्रिकाको बुधबारको अंकमा सम्पादकीयको ठाउँमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्कीप एड गर्न, एफएममा पूर्वसूचना दिई विहान ६ बजे ९० सेकेन्ड प्रशासन बन्द गर्न आग्रह गरेको थियो ।

त्यस्तै सम्पादक गिरीलाई जिल्ला अदालत काठमाडौंले मंगलवार तीन दिन म्याद थप गरेको छ ।

चैत २२ को अंकमा विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखिएको थियो । 

बतासले ठगी गरेको समाचार लेखेका गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले गत सोमवार नियन्त्रणमा लियो । पत्रिका प्रेस काउन्सिलमा दर्ता नभएको आरोपमा गिरीलाई पक्राउ गरे पनि ताण्डप र अनलाइन दुवै काउन्सिलमा दर्ता छन् ।

पत्रकारलाई साइवर क्राइमको कानून देखाएर तर्साउन खोजेको भन्दै पत्रकार महासंघ र अनलाइन पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गर्दै विरोध गरिरहेका छन् । 

उता सामाजिक सञ्जालहरुमा ‘पत्रकारिता साइवर अपराध होइन’ लेखेर विरोध जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?