भारतमा टिकटक ब्लक

काठमाडौं । भारतमा लोकप्रिय भिडियो एप टिकटक ब्लक भएको छ । 

भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई भारतमा हटाइएको हो । 

यो सँगै नयाँ प्रयोगकर्ताले टिकटक डाउनलोड गर्न सक्ने छैनन् ।

मद्रास उच्च अदालतले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । 

यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो । 

त्यसलगत्तै सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गरेको थियो । 

भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । 

बंगलादेशमा पनि टिकटक प्रतिवन्धित छ । 

साथै अमेरिकामा बालबालिकाहरुको सूचना अवैधरुपमा संकलन गरेको भनेर कम्पनीलाई जरिवाना गराइएको थियो ।

विश्वभर टिकटकका ५० करोडभन्दा बढि प्रयोगकर्ता छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?