राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता बालुवाटारबाट पक्राउ

काठमाडौं । काठमाडौंको बालुवाटरबाट विवेकशील नेपाली दलका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

बुधवार बालुवाटारको ललित निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएको विवेकशील नेपाली दलका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 

भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि चौतर्फी विरोध भइरहेको छ ।

यसकै विरोधमा विवेकशीलले भने आज (बुधवार) सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो । 

तर, प्रहरीले निषेधित क्षेत्र भन्दै विवेकशीलका नेता तथा कार्यकर्तालाई प्रवेश गर्न रोकेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?