निर्वाचन आयुक्तमा सिफारिस भए तीन महिनाभित्र उपचुनाव गराउने थपलियाको प्रतिबद्धता

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाले आगामी तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । 

बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा थपलियाले सो प्रतिबद्धता जनाएका हुन् । 

थपलियाविरुद्ध परेको ६ वटा उजुरीबारे छलफल गर्ने क्रममा उनले आफू नियुक्त भए उपचुनाव पहिलो प्राथमिकतामा पर्ने बताए । 

संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरमा समेत उपचुनाव हुन सकेको छैन ।

साथै थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्याउने कार्ययोजना समेत पेश गरेका छन् ।

छलफलको अन्तिममा थपलियाले सुनु वाई समितिको विश्वासमा आँच आउन नदिने समेत बताएका छन् । उनले भने, ‘तपाईंहरु सुनुवाइ समितिको बिश्वासलाई खण्डित र आँच आउन दिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?