नेपालले भू–उपग्रहमा अन्तरिक्ष पठायो, प्रधानमन्त्री ओलीले भने, ‘नेपालको प्रतिष्ठा बढ्यो’

काठमाडौं । नेपालले भू–उपग्रहमा अन्तरिक्ष पठाएको छ । 

बिहीवार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भू–उपग्रह (नेपालीस्याट–१) अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । 

यसको तौल झण्डै एक किलो छ । 

नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । 

नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् ।

यसबाट नेपालको प्रतिष्ठा बढेको प्रधानमन्त्री ओलीले बताए । 

यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । 

    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?