यू-१९ विश्वकप छनोट क्रिकेट : कुवेतद्वारा नेपालसामु १ सय ५८ रनको विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । ‘आइसीसी’ यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको अन्तिम खेलमा कुवेतले नेपालसामु १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कुवेतले १९ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रनको योगफल तयार पारेको थियो । 

कुवेतका लागि नोमन बुद्रोले अर्धशतकिय पारी खेले । उनले ७० रन जोडेका थिए । गोकुल कुमारले ३६ रन, हमुद अमनउल्लाहले १७ रन तथा मिट भाब्सरले १० रन जोडे । कुवेतको पारी ध्वस्त पार्ने क्रममा नेपालका  कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३ विकेट हात पारे ।

त्यस्तै कुशल मल्ल, सुर्य तामाङ र राशिद खानले समान २-२ विकेट लिए । नेपालले ४ खेलमा ३ मा जीत र एक खेलमा हार व्यहोर्दै ६ अंक बनाएको छ । 

आज नेपालले कुवेतलाई पराजित गरेको खण्डमा विश्वकपमा छनोट हुने सम्भावना अझै बलियो बनाउने छ । नेपाल शीर्ष स्थानको युएई भन्दा २ अंकले पछि रहेको छ  । युएईको ८ अंक रहेको छ । कुवेतको पनि ६ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?