काठमाडौं । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको बम डिस्पोज गर्ने क्रममा एक सैनिक घाइते भएका छन् । बम डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो ।
यस्तै पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले डिस्पोज गरेको छ ।
अज्ञात समूहले देशका विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी गरेको छ । बन्दको पूर्वसन्ध्यामा बम भेटिनु, गाडीमा आगजनी भएपछि विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया