शीर्ष स्थानको चेन्नईको लज्जास्पद हार

एजेन्सी ।  इण्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेट अन्तर्गत शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्स पराजित भएको छ । 

राजिब गान्धी क्रिकेट स्टेडियममा बुधवार राति सम्पन्न भएको खेलमा चेन्नई सनराइजर्स हैदरावादसँग ६ विकेटले पराजित भएको हो ।

१ सय ३३ रनको विजयी लक्ष्य लिएर ब्याटिङ गरेको हैदरावादले १६ दशमलब ५ ओभरमा मात्र ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-र्यो । हैदरावादका लागि जोनी बैयर्स्टो र डेभिड वार्नरले अर्धशतकीय पारी खेले । त्यस्तै बैयर्स्टोले अविजित ६१ रन तथा वार्नरले ५० रन बनाए । चेन्नईका इमरान ताहिरले २ विकेट लिए ।

 यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारि २० ओभरमा  ५ विकेट गुमाउँदै १ सय ३२ रनको योगफल तयार पारेको थियो । चेन्नईका लागि फाफ डुप्लेसिसले ४५ रन तथा सेन वाट्सनले ३१ रन बनाए । हैदरावादका राशिद खानेले २ विकेट लिए ।

लिगको शीर्ष स्थानमा यथावत रहेको चेन्नईले ९ खेलबाट १४ अंक बनाएको छ । हैदरावाद भने ८ खेलबाट ८ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?