नेपालको यू-१९ विश्वकप खेल्ने सपना अधुरो

काठमाडौं । नेपाल ‘आइसीसी’ यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको छनोटबाट बाहिरिएको छ । 

मलेसियामा जारी एशिया छनोट अन्तर्गत संयुक्त अरब इमिरेट्स ‘युएई’ले ओमनलाई पराजित गरेसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको हो । आठौँ पटक विश्वकप खेल्ने सपनासहित अहिले नेपालले अन्तिम खेलमा कुवेतको सामना गरिरहेको छ ।

तर, युएई जारी छनोटको शीर्ष स्थानमा रहँदै विश्वकपको लागि छनोट भएसँगै नेपाललाई धक्का लागेको हो । आज ‘बिहीवार’ भएको खेलमा युएईले ओमनलाई १० विकेटले पराजित गरेको थियो । युएईले कुल १० अंक बनाएको छ ।

नेपालको भने ४ खेलबाट मात्र ६ अंक छ । बिहीवारको खेलमा नेपालले कुवेतलार्य पराजित गरेपनि अघिल्लो चरणको यात्रामा भने पूर्णविराम लागेको छ । यस अघि नेपालले सन् २०१०, २०१४ र २०१८ मा विश्वकप छनोट खेल खेलेपनि अघिल्लो चरणको यात्रा तय भने गर्न सकेको थिएन । 

सिंगल राउण्ड रोबिनका आधारमा खेलाइएको छनोटको शीर्ष एक टिमले मात्र विश्वकप खेल्न पाउनेप्रावधान रहेको छ । अब युएईले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकप क्रिकेट खेल्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?