हुण्डाईको नयाँ एसयूभी सार्वजनिक

काठमाडौं । कोरियाली गाडी निर्माता कम्पनी हुण्डाईले नयाँ एसयूभी सार्वजनिक गरेको छ । 

अमेरिकाको न्यू योर्कमा भएको अटो सोमा हुण्डाईले आफ्नो नयाँ एसयूभी सार्वजनिक हो ।  अमेरिकामा नयाँ प्रोडक्ट ‘भेन्यू’ सार्वजनिक गरेको हुण्डाईले भारतमा पनि उक्त गाडीको अनावरण गरेको छ ।

एन्ट्री लेभल एसयूभीको रुपमा बनाइएको यो नयाँ गाडी हुण्डाईकै विश्वभर मन पराइएको हुण्डाईका एसयूभी सान्टा फे र प्यालिसेडबाट प्रभावित छ । भेन्यू ४ मिटर भन्दा कम लामो एसयूभीको सेग्मेन्टमा पर्छ ।

यो कारको बिक्री वितरण भारतमा आगामी मे महिनाबाट शुरु गर्ने बताइएको छ । 

कारको अगाडीपट्टी वाटरफल ग्रिल हालिएको छ भने पछाडी प्रोजेक्टर फग ल्याम्प जडान गरिएको छ । भेन्यूको इन्टोरियरलाई पनि विशेष रुपमा डिजाइन गरिएको छ । यसमा टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । स्टियरिङ मै अडियो र फोन कन्ट्रोलको व्यवस्था पनि छ । 

कारमा इलेक्ट्रोनिक सन रूफ, क्रुज कन्ट्रोल, एयर प्युरिफायर, वायरलेस चार्जिङ, भ्वाइस रेकग्निसन, ६ एयर ब्याग र भेइकल स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर पनि राखिएको छ । भेन्यूमा हुण्डाईले नयाँ टर्बो चार्ज्ड पेट्रोल इन्जिन राखिएको छ ।

गाडीमा १ लिटरको ३ सलिण्डर इन्जिन छ । जसले १ सय २० पीएसको पिक वार दिन्छ भने १ सय ७५ न्यूटनमिटर सम्मको टोर्क पनि दिन्छ । हुण्डाईले १ दशमलब २ लिटरको भेरिएन्टमा पनि भेन्यूको विक्री गर्ने बुझिएको छ । साथै १ दशमलब ४ लिटरको डिजल इन्जिनमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?