पत्रकार गिरी रिहा

काठमाडौं । पत्रकार अर्जुन गिरी साधारण तारेखमा आज ‘बिहीवार’ रिहा भएका छन् । 

समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार गिरी साधारण तारेखमा रिहा भएका हुन् । 

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पत्रकार गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासले दिएको जाहेरीको आधारमा उनी सोमवार पक्राउ परेका थिए । पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्युज डटकम’का  सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध कानूनअन्तर्गत पक्राउ परेको भनी नेपाल पत्रकार महासङ्घ र विभिन्न सङ्गठनले विरोध गर्दै आएका थिए ।

प्रकाशित समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानूनी प्रावधान विपरीत पत्रकारमाथि विद्युतीय कारोवार ऐनमा कारवाही चलाइएकामा आपत्ति जनाइएको थियो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले  काउन्सिलले गिरीको अनलाइन दर्ता नभएको भनी प्रहरीलाई गलत विवरण दिएका कारण समस्या उत्पन्न भएकोमा न्यायालयले न्याय दिएकामा सन्तोष व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?