काठमाडौं । नेपाली सेनाले सैनिक आचारसंहिता, २०७६ जारी गरेको छ । कतिपय अवस्थामा गलत नियतले नभइ, अज्ञानताका कारण अनपेक्षित कार्य हुने गरेको भन्दै नेपाली सेनाको जंगी अड्डाले सैनिक आचरण, मूल्य–मान्यता, आर्थिक कारोबार तथा बजेट, मिडिया नीति, सामाजिक सञ्जाल प्रयोगको परिधि लगायत नियम समेटिएका आचारसंहिता जारी गरेको हो ।
जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आचारसंहिताको संग्रह प्रकाशन गरेर हरेक युनिटमा वितरण गरि सकिएको छ । वैशाख ६ गते देखि १३ गतेसम्म साताव्यापी अभियान सुरु गर्न लागिएको छ ।
आचारसंहितामा धार्मिक सहिष्णुतामा खलल पुग्ने विषय पोष्ट गर्न वा लाइक, कमेन्ट वा शेयर गर्न नहुने, सेनाको विषयमा आक्षेप लाग्ने विषयमा लाइक, कमेन्ट वा शेयर गर्न नहुने, सामाजिक सञ्जालमा बर्दीको फोटो पोष्ट गर्न नपाईने, कुनै राजनीतिक पार्टी वा अन्य कुनै व्यक्तिसँग सम्बन्धित अनावश्यक टिप्पणी गर्न नपाइने गोप्य सूचना चुहाउनु नहुने, कुनै पनि किसिमको उपहार लिने कार्यमा संलग्न नहुने, जस्ता बुँदा समेटिएको छ । यसैबिच कुनै पनि पोष्टिङका क्रममा सैनिक अधिकारीलाई मायाको चिनो दिने परम्परालाई भने यथावत् राखिएको जंगी अड्डाका प्रवक्ता तथा सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख विज्ञानदेव पाण्डेले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया