किन दिन्छन् विवाहित महिलाले धोका ?

काठमाडौं – पत्नीले पतिलाई धोका दिएको अलि कमै सुनिन्छ । साह्रै नपरिकन पत्नीले पतिलाई धोका दिँदैनन् ।

के कारणले धोका दिन्छन् त पत्नीले ? विवाहित महिलाहरूले भावनात्मक अंतरंगताको कमी महसूस गरेपछि प्रायः धोका दिन्छन् । पुरुषले भने परस्त्रीबाट शारीरिक सुख पाउनका लागि पत्नीलाई धोका दिन्छन् ।

एक महिला जतिसुकै ठूलो कम्पनीमा हुन् वा ठूलो पदमा हुन् वा घर सम्हाल्ने नै किन नहुन्, उनलाई आफूप्रति पतिको प्रेम र ध्यान रहोस् भन्ने इच्छा हुन्छ । पतिले आफ्नी पत्नीलाई भावनात्मक रूपमा सुखी राख्न सकेन भने पत्नीले उनलाई अवश्य धोका दिन्छिन् ।

पतिको प्रेम र चासो भएन भने कुन चाहिँ पत्नी सँगै बस्छिन् र ? केही दिन वा महिनासम्म सहेर पतिको प्रेम पाउन उनी कोशिश गर्लिन् तर लोग्नेले वास्तै गरेन भने उनी घरबाहिर माया खोज्न थाल्छिन् ।

कतिपय अवस्थामा भने बदला लिनका लागि महिलाहरू श्रीमानलाई धोका दिन पुग्छन् । पतिले भरोसा तोडेपछि महिलाको मनमा चोट पुग्छ अनि आफ्नो तरिकाले धोका दिएर र चोट पु-याएर उनीहरू पतिसँग बदला लिन्छन् ।

त्यसैगरी पतिले यौन सन्तुष्टि दिन सकेन भने अन्य पुरुषतर्फ पत्नीको मन जान्छ । प्रेम वा भावनाविनाको सेक्स पनि महिलाका लागि बेकारको कुरा हो ।

बिहेअघि अर्कै मान्छेसँग अफेयर चलेको रहेछ भने पनि पत्नीले विवाहपछि धोका दिइरहन सक्छन् । यसका लागि विवाहअघि नै सबै कुरा क्लियर गर्नुपर्छ ।

अनि पैसाका लागि लोग्नेसँग अनुनय विनय गर्नुपर्ने स्थिति आयो भनेपनि महिलाले कमजोर महसूस गरेर अन्य पुरुषतिर मन डुलाउँछिन् । सानो सानो खुशी अर्को पुरुषले दियो भने उनी ऊतिर आकर्षित हुन्छिन् ।

सम्बन्ध बोरिङ हुँदै गयो, कुरा नै मिल्न छोड्यो, घरमा इज्जत पाइन्न भन्ने लाग्न थाल्यो भने पनि पत्नीले अर्को पुरुष खोज्न थाल्छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?